१४ बैशाख २०८१, शुक्रबार
Follow Us

स्थानीय कानूनको सम्मान गर्दै काम गर्न आह्वान

नेपालब्रिटेन डट कम्
१ माघ २०७४, सोमबार १४:२४

काठमाडौं । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले नेपालीको समस्या समाधान गर्न दूतावास सदैव तत्पर रहेको बताउनुभएको छ । नेपाली दूतावास बहराइनले शुक्रबार दुर्रा, बहराइनमा आयोजना गरेको ‘बहराइनमा कार्यरत नेपालीको अवस्था र समस्या’ विषयको गोष्ठीमा दूतावास नेपालीको हित र प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको बताउनुभएको मनामास्थित दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राजदूत सुन्दासले स्थानीय कानून र संस्कृतिको सम्मान गर्दै व्यावसायिकताका साथ काम गर्न नेपालीहरुलाई आह्वान गर्नुभयो ।
नियोग उपप्रमुख खगराज पाण्डेले कार्यक्रममा सहभागीलाई आर्जन गरिएको पारिश्रमिक सदुपयोग गर्न र नेपाल एंव नेपालीको हित संरक्षण तथा प्रवद्र्धन गर्ने काममा लाग्न आग्रह गर्नुभयो । । श्रम सहचारी जगदीशचन्द्र शिवाकोटी र दूतावासका तृतीय सचिव अमृत लोप्चनले बहराइनमा रहेका नेपालीको सुरक्षा व्यवस्थाबारे प्रष्ट पार्नुभयो ।
सो अवसरमा नेपाली समुदायका लागि दूतावासबाट प्रदान गरिने सेवा, सेवा प्राप्त गर्ने प्रक्रिया तथा स्थानीय श्रम कानूनका विविध पक्षबारे जानकारी दिइएको थियो ।