१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेल्जियममा महिलाको बिशेष भेला सम्पन्न

नेपालब्रिटेन डट कम्
१ माघ २०७४, सोमबार १८:५१

गैर आवासीय नेपाली संघ एनअनरएनए एनसिसि बेल्जियम महिला फोरमले बेल्जियम निवासी विविध क्षेत्रका महिलाहरुको एक बिशेष भेला सम्पन्न गरेको छ।
यही जनवरी १४ तारिख आइतबार बेल्जियमको लुभेनमा सम्पन्न भेलाले महिला फोरम गठन लगायत महिला सम्बन्धि विविध बिषयहरुमा व्यापक छलफल गरेको थियो ।

एनआरएनए आइसिसिका केन्द्रिय सचिव श्रीमती जानकी गुरुंगको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा एनआरएनए आइसिसिका महिला संयोजक रजनी प्रधान तथा एनआरएनए आइसिसि क्षेत्रीय महिला उपसंयोजक (युरोप) संगीता मरहट्टाको बिशेष अतिथिका रुपमा उपस्थिति रहेको थियो ।

एनसिसि बेल्जियमका महिला संयोजक हरि भट्टराईको सभापतित्वमा सम्पन्न उक्त भेलामा एनआरएनए आइसिसि सदस्यहरु सरु चापागाईं र लिला मानन्धर, एनसिसि बेल्जियमका उपाध्यक्ष्य योगिता थापा, महासचिव आङमाया लामा तथा बेल्जियमस्थित विभिन्न संघ संस्थाका प्रतिनिधि महिलाहरुको पनि उपस्थिति रहेको थियो ।
भेलाले मनसुवा परियारलाई बेल्जियम महिला फोरमको उपसंयोजकका रुपमा सर्वसम्मत नियुक्त गरेको छ । आगामी दिनमा आवश्यकता अनुसार फोरमलाई क्षेत्रीय रुपमा बिस्तार गरिनेछ ।