१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘नमुना लाप्राक र अत्याधुनिक भवन’

नेपालब्रिटेन डट कम्
१ माघ २०७४, सोमबार १८:५७

भवन भट्ट ।
गत नोभेम्बर महिनामा गैर आवासिय नेपाली संघ (एनआरएन) को निर्वाचनमा विजयी भएपछि म करिब सात पटक नेपाल पुगेर संघको बिविध गतिविधीमा सहभागि भैसकेको छु । निर्वाचन भएपछि पहिलो पटक भौतिक उपस्थीतीमा संघको कार्ययोजना र यसको तर्जुमाका बिषयमा दुइ दिने बैठक पहिलो पटक धुलिखेलमा सम्पन्न भयो ।

त्यसपछि संघले प्रारम्भ गरेका दुइ अपुरा योजनाहरु लाप्राक र एनआरएन भवनको बिषयमा हामीले ब्यापक छलफल र बिमर्शगरी त्यसलाई द्रुत गतिमा अगाडि बढाउने काममा जुटेका छौ । त्यती मात्र होइन त्यस बाहेर संघका अन्य कृयाकलापमा समेत टिमको सहभागिता उल्लेख्य रुपमा बढेका छन ।

नेपाल सरकारका बिभन्नि निकायहरुसँंग भेटघाट र लगानी भित्रयाउने बिषयमा निकै महत्वपुर्ण छलफल समेत सम्पन्न भैसकेको छ । यस बिचमा म तिन पटक लाप्राक समेत पुगिसके । लाप्राकलाई हामीले नमुना बस्तीका रुपमा पेश गरेका थियौ । एनआरएनले गरेको बचनबद्धता अनुरुप यसलाई नमुना बस्ती बनाउनु हाम्रो सामु अझै चुनौती छ ।

हामीले यस बस्तीमा केहि अपुग निकायहरु ट्वाइलेट थप्ने सोच बनाएका छौ । एनआरएन अविछिन्न उत्तराधिकारीका संस्था हो ,यसमा ब्यक्तीको निर्णय भन्दा संस्थाको गरिमा महत्वपुर्ण हुन्छ । त्यसैले यस संस्थामा नया नेृतत्व आएको सय दिन पनि नपुग्दै केहि निराधार र कपोकल्पीत हल्लाहरु चलाइन थालेको छ । हामीले एनआरएनको गरिमा पहिले भन्दा थप उचाइमा पुरयाउने छौ , किमार्थ घटाउने छैनौ ।

यसअघि एनआरएनको रकम राखिरहेको बैंक भन्दा मेघा बैंकले थप आकर्षक ब्याज दिने भएकोले हामी संस्थाको हितका खातिर रकम मेघा बैंकमा सार्ने काममा लागेका हौ । त्यो ब्याजले लाप्राकलाई नमुना बनाउन थप सहयोग पुग्ने बिश्वास लिएका छौ । सानिमा बैंकमा पैशा राख्यो भनेर हल्ला गर्नेहरुका लागि यो जानकारी पनि हो । यस्तै हामीले एनआरएन भवनलाई थप सेवा र सुविधा अनि आम्दानीको श्रोत बाँंधीने ढाचाँमा निमार्ण कार्य अगाडि बढाएका छौ । माथिल्लो तल्लामा भाडामा लगाएर आम्दानी बाध्न सकिने ठुलै खाले सभाकक्ष बनाएर एनआरएन अफीसलाई आर्थिक रुपमा दिगो र आत्मनिर्भर बनाउने अभियान सुरु भैसकेको छ ।

त्यती मात्र होइन हिजोको दिनमा गारो अप्ठ्यारो फुकाउन उद्योग बाणिज्य संघको भवनमा एनआरएन कार्यालय राखिएता पनि हाल कार्यालयलाई सहजिकरणका लागि सारीएको छ । अर्काको भवनमा भिडभाड बिच एनआरएन अभियान अगाडि बढाउने सचिवालयको कामकाज गर्न गारो अप्ठयारो महशुस भएको कर्मचारीकै गुनासो आएपछि यसलाई हालका लागि भगवतीबहालमा सारीएको हो ।

मैले प्रारम्भ देखिनै भनेको छु ,एनआरएन भनेको बिश्वमा छरिएर रहेका नेपालीहरुको साझा संगठन हो । यतिखेर बिश्वभर फैलीएको एनआरएन अभियानले सबै प्रवासी नेपालीलाई समेटने काम गर्दै आएको छ ।यसलाई थप फैलाउने कार्यमा हामी लागि परेका छौ ।
अन्तराष्ट्रिय जगतमा बिश्वाशिलो साझेदार समेत बनेको यस संस्थालाई मेरो र तेरो हैन , हाम्रो र राम्रो संस्था बनाऔ ।