८ बैशाख २०८१, शनिबार
Follow Us

फोनिज यूकेले एकदिने पत्रकारिता गोष्ठी गर्दै

नेपालब्रिटेन डट कम्
१ माघ २०७४, सोमबार २१:०३

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले आगामी जनवरी २७ तारिखका दिन मिडिया तथा पत्रकारिता सम्बन्धि एक कार्यशाला गोष्ठीको आयोजना गर्ने भएको छ । बेलायतमा रहेका आदिवासी जनजाति समुदायबीच मिडिया र पत्रकारिताकाआधारभूत पक्षहरुमा दिक्षित गराउने र आदिवासी जनजाति नेपाली पत्रकारहरुको क्षमतामा अभिवृद्दी गर्ने उद्देश्य अनुरुप फोनिज यूकेले कार्यशाला गोष्ठीको आयोजना गरेको हो ।

अल्डर्शटको भेटघाट रेस्टुरेण्टमा आयोजना गर्न लागिएको उक्त गोष्ठीमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी, रेडियो बिजिडब्ल्युएसका निर्देशक सोनाम छिरिङ शेर्पा र नागरिक पत्रकारिताका बिज्ञ डा. नरेशचन्द्र राई प्रमुख प्रशिक्षक रहनेछन् भने बीबीसी नेपाली सेवाका सम्पादक भगीरथ योगीलाई पनि अतिथि प्रशिक्षकको रुपमा निमन्त्रणा गरिएको छ ।

डा. नरेशचन्द्र राई नागरिक पत्रकारिताका बिज्ञ हुन् र उनले रोबर्ट गोर्डन युनिभर्सिटीबाट सिटीजन जर्नालिजममा पी. एच. डी. गरेका छन् ।

फोनिज यूकेका अध्यक्ष श्रीमती प्रमिला लाबुङ राईका अनुसार कार्यशाला गोष्ठीको प्रकृति मिडिया प्रशिक्षणको जस्तो हुने र गोष्ठीको बिषय “आदिवासी जनजाति पत्रकारहरुको क्षमताको अभिबृद्दी” रहेको छ । तथापि प्रस्तुतकर्ताले आफ्नो बिज्ञताको क्षेत्र र अनुभवको आधारमा पत्रकारिता सम्वन्धि कुनै पनि बिषयमा प्रस्तुती दिनसक्नेछन् । तसर्थ प्रमुख धारका पत्रकारिता गर्दैआएका र मिडिया सम्बन्धि ज्ञान लिन चाहने इच्छुक सबैलाई उनले उपस्थितिको लागि हार्दिक आब्ह्वान गरेकी छन् । कार्यक्रम सम्बन्धि बिस्तृत जानकारी फोनिज यूकेको वेभसाइट www.fonijuk.org बाट लिन सकिन्छ ।