१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘डा. शर्मा युथ इन्स्पाइरेसन अवार्ड २०१८ द्धारा सम्मानित’

नेपालब्रिटेन डट कम्
१ माघ २०७४, सोमबार २१:४०

लण्डन । गैरआवासीय नेपाली संघका सल्लाहाकार डा. हेमराज शर्मा र कोषाध्यक्ष हिकमत थापा युथ इन्स्पाइरेसन अवार्डले सम्मानित भएका छन ।

युथ पार्लियामेन्ट नेपालद्धारा काठमाण्डौंमा आयोजित एक विषेश कार्यक्रमका बीच प्रमुख अथिति पूर्व प्रधानन्यायाधीश तथा मन्त्री परिषदका पुर्ब अध्यक्ष सम्माननिय खिलराज रेग्मीले उनीहरु लगायत करिब १ दर्जनलाई सो सम्मान प्रदान गरे ।

रेग्मीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा आआफ्नो ठाउँबाट युवाहरुलाई प्रेरित गरी असल मार्ग देखाउन सफल भएबापत बिभिन्न व्यक्तित्व ”युथ इन्सपीरेसन अवार्ड २०१८“ बाट सम्मानित भए ।

अवार्डवाट सम्मानित हुनेहरुमा डा. हेमराज शर्मा, हिकमत थापा, राजेश हमाल, पुष्पा बस्नेत, सुलोचना सिग्देल, विनोद पौडेल, टिकाराम यात्री, कमल सापकोटा, वाशु गौतम, पिताम्बर भण्डारी तथा डा. जितेन्द्र उपाध्याय (जितु) रहेका छन्। ।

युथ पार्लियामेन्ट नेपालले जनवरी १३ र १४ तारिकमा काठमाण्डौँ सम्पन्न विश्व शान्ति युवा सम्मेलन २०१८ को अवसरमा समाजका विभिन्न व्यक्तित्वहरु सम्मानित भएका हुन् ।
काठमाण्डौको राष्ट्रिय सभा गृह र पर्यटन बोर्डको हलमा एक साथ सम्पन्न सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका १७० भन्दा बढी प्रतिनिधिको उपस्थिति थियो ।

सम्मेलनमा नेपाल स्थित अधिकांश कुटनीतिक नियोगका प्रतिनिधिहरु, सार्क राष्ट्र प्रतिनिधिहरु, राजदुतहरु, विकाश साजेदार संस्थाहरु, अन्तराष्ट्रिय गैसस, संयुक्त राष्ट्र संघ तथा नेपाल सरकारका प्रमुख व्यक्तित्वहरुले सम्वोधन गरेका थिए ।

सम्मेलनलाई विश्व भातृत्व, अन्तराष्ट्रिस सहसम्वन्ध, युवा विकासका साझा पहलकदमी, नेपालको सकारात्मक प्रवर्धन, शान्ति र शुरक्षा प्रत्याभूति तथा प्रवर्धन, अनि समृद्धि र विकासका प्रमुख एजेन्डामा ऐक्यबद्धता र विशेष गरी जलविद्युत कृषि, पर्यटन, उद्योग तथा सूचना प्रविधि लगायतका परियोजना प्रस्तुत तथा कार्यन्वयन लागि पहलगर्ने विशेष उद्धेश्यका सो सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा दाता बैठक, फरक ६ वटा विषयमा कार्यपत्र प्रस्तुत तथा पारित, बृहद् सांस्कृतिक कार्यक्रम, अवार्ड वितरण लगायतका कार्यक्रम भएका थिए ।