१५ चैत्र २०८०, बिहीबार
Follow Us

चार्ल्टन समाजमा वार्षिक साधारणसभा र तीजको रन्को

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७३, बुधबार १५:५७

फडिन्द्र भट्टराई । लन्डन ।
साउथ ईस्ट लन्डनमा क्रियाशील नेपालीहरुको स्थानीय सामुदायीक संस्था चार्ल्टन नेपाली समाज नयाँ नेतृत्व चयन गर्ने साधारण सभाको तयारीमा जुटेको छ । समाजको वार्षिक साधारण सभा आगामी अगस्ट २१ तारिक आइतवार स्थानीय मेरिडियन स्पोर्ट्स क्लबमा आयोजना हुने भएको छ ।
उक्त दिन हुने नयाँ कार्य समिती चयन प्रक्रियाको लागी समाजले यस अघिनै होम शर्माको अध्यक्षतामा एल एन पाण्डे , डासु पाण्डे, रेशम अर्याल, नरेन्द्र कंडेल सहितको पांच सदस्यीय निर्वाचन समिती गठन गरिसकेको छ ।
निर्वाचन समितीको निर्णय अनुसार कार्यसमितीमा आफ्नो उम्मेद्वारी दर्ता गर्न ईच्छुक समाजको सदस्यले २० अगस्ट साँझ ५ बजे सम्म उम्मेद्वारी फाराम दर्ता गरिसक्नु पर्ने छ । समाजको साधारण सदस्य बन्ने अवधीको सिमा पनि उम्मेद्वारी दर्ताकै समय सिमा भित्रै हुनुपर्ने जनाईएको छ । उम्मेद्वारी र सदस्यता सम्बन्धी थप जानकारी हरु समाजको फेसबुक पेज तथा भाईबर ग्रुप मार्फत सर्कुलर गर्दै आएको बताईएको छ । यस सम्बन्धी थप जानकारी निर्वाचन समितीको कुनै सदस्य मार्फत लिन सकिने जानकारी समाजका सचिव टिएन रिजालले दिएका छन ।
चार्ल्टन नेपाली समाजका अध्यक्ष रोमनाथ पाण्डेले समाजको साधारण सभामा उपस्थित भएर कार्यक्रम सफल बनाउन अनुरोध गरेका छन । साधारण सभाको कार्यक्रम बिहान ११ बजे देखी साँझ ५ बजे सम्म चल्ने छ ।
२३ तारिक मंगलवार तीज कार्यक्रम
यसैबीच समाजले यस बर्षको तीज कार्यक्रम आगामी अगस्ट २३ तारिक मंगलवार आयोजना गर्ने भएको छ । समाज संग आवद्द महिलाहरुको सक्रियतामा हरेक बर्ष आयोजना हुने बिशेष तीज कार्यक्रम यसपाली स्थानीय लेडी अफ ग्रेस चार्ल्टनको सभाहलमा आयोजना गर्न लागिएको जानकारी समाजका उपाध्यक्ष टंक कंडेलले जानकारी दिएका छन । दिनको १ बजे देखी साँझ १० बजे सम्म चल्ने उक्त तीज कार्यक्रममा स्थानीय कलाकार हरुको प्रस्तुती सहित परम्परागत रुपमा तीज गीत तथा नाचको आकर्षण रहने अपेक्षा स्थानीय महिला समुहको रहेको छ ।
समाजले सदा झैँ कार्यक्रममा उपस्थिती जनाएर मनोरंजन लिन बिशेष गरेर स्थानीय महिलाहरुमा आवहान गरेको छ । कार्यक्रममा प्रवेश शुल्क दश पाउण्ड तय गरिएको छ ।
समाजको नयाँ नेतृत्व लिन वर्तमान उपाध्यक्ष टंक कंडेल आकांक्षी देखिएको बताईएको छ तथापी अहिले सम्म कुनै पदमा उम्मेद्वारी परिनसकेको जानकारी निर्वाचन समितीले दिएको छ ।