१५ बैशाख २०८१, शनिबार
Follow Us

नेविसंघ निर्वाचनमा शान्तिपूर्ण मतदान, विहान २ बजेसम्म लाग्ने

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७३, बुधबार १६:१०

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यालयमा जारी नेपाल विद्यार्थी संघको नेतृत्व छनोट सम्भवतः विहीबार विहान २ बजेतिर मात्र सकिने अनुमान गरिएको छ । निर्वाचत अधिकृत भरत खरेलले जारी गरेको विज्ञप्तिमा राति १० बजेसम्म मतदानको समय थप गरिएको छ । तर मतदाताको लाइन हेर्दा राति १० बजेसम्म सम्पन्न हुने छाँटकाट देखिदैन ।
मतदानमा उत्साहजनक रुपमा विद्यार्थी प्रतिनिधिहरु सहभागी भएका छन् । ८० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरिएको छ । राति ९ बजेसम्म ५० प्रतिशत पनि मतदान भइनसकेकाले विहीबार विहान २ बजेसम्म लाग्ने अनुमान गरिएको छ । विद्युतीय मतदान भए पनि धेरै उम्मेदवार भएकाले मतदान एक व्यक्तिलाई मतदान गर्न लगभग १५ मिनेट लाग्ने गरेको छ ।
विहानैदेखि सानेपा क्षेत्रको महोल होहल्ला र भीडभाड छ । रिङरोडमा चल्ने सवारी साधन जाममा परेका छन् । एउटा मोटरलाई उक्त क्षेत्र छिचोल्न डेढ घन्टाभन्दा बढी लाग्ने गरेको छ ।
संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरहरु प्यानल बनाएर मत मागिरहेका छन् । मतदान शान्तिपूर्ण रहे पनि हो हल्ला र नाँचगानले वातावरण निर्वाचनमय बनेको छ ।
bid1

1-12