७ बैशाख २०८१, शुक्रबार
Follow Us

महोत्सवमा आश्रमलाई सहयोग

नेपालब्रिटेन डट कम्
२ माघ २०७४, मंगलवार १३:३६

गैडाकोट । देवघाट धाममा रहेको राम जानकी ग्रागी कन्या गुरुकूल तथा बालिका आश्रममा रहेका बालिकाहरुलाई सोनी एण्ड हरिश एम्युजेन्ट कम्पनी नेपालले एक दिनको खाना, खाजासहित विभिन्न सहयोग गरेको छ । गैडाकोटमा गत पुष २७ गतेदेखि सुरु भएको दोस्रो गैडाकोट महोत्सव अवलोकन पुगेका बालबालिकालाई सो सहयोग गरिएको हो ।
कम्पनी सञ्चालकद्वय हरिश भट्ट र सोनी चौधरीले सयुक्त रुपमा आश्रमकी आमा सावित्री मातालाई एक दिनको खाजा खाना बरावराको ५१ सय रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा उक्त कम्पनीकै संयोजनमा रहेको रमाइलो मेलाका विभिन्न खेलहरु पनि बालिकालार्ई निःशुल्क खेल्ने मेसो मिलाइयो ।
आश्रमकी संरक्षक भगवतीले छुटीका बेलामा बालबालिकालाई महोत्सव अवलोकनका साथै मेलामा विभिन्न खेलहरु खेलाउन पाउँदा खुशी लागेको बताइन् । दाताकै सहयोगबाट चलेको आश्रमका बालिका यस्ता अवलोकन तथा खेलले आफन्त नभएको पीडाबोध नहुने भन्दै आफुहरुले सहयोग गरेको सो कम्पनीका सञ्चालक हरिश भट्टले बताए ।
महोत्सवमा उनीहरुलाई प्रवेशका लागि निशुल्क टिकटको व्यवास्था समेत गरिएको थियो । उद्योग वाणिज्य संघ गैंडाकोटका उपाध्यक्ष एवं महोत्सव मुल समारोह समितिका संयोजक दिपक सापकोटाले विद्यालयको तर्फबाट सामूहिक रुपमा पोशाकमा आउनेलाई निःशुल्क प्रवेश दिइने जानकारी दिए । गैडाकोटतर्फको नारायणी नदी किनार लागेको सो महोत्सव माघ ८ सम्म लाग्नेछ ।