१२ बैशाख २०८१, बुधबार
Follow Us

दिपक मनाङ्गेलाई पाँचबर्ष जेल सजाय, सांसद पद निलम्बन

नेपालब्रिटेन डट कम्
२ माघ २०७४, मंगलवार १३:४७

काठमाडौं । चार नम्वर प्रदेशका प्रदेश सभा सदस्य दिपक मनाङगेलाई सर्बोच्च अदालतले पाँच बर्षको जेल सजाय सुनाएको छ । मनाङबाट प्रदेशसभामा निर्वाचित मनाङ्गेलाई सर्वोच्च अदालतले २०६४ सालमा पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गर्दै पाँच वर्षको जेल सजाँय सुनाएको हो । सर्बोच्च अदालतका न्यायाधीशद्धय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गरेको हो ।
काठमाडौं जिल्ला अदालतले २०६४ सालमा उनीसँगै जोडिएका गणेश लामा सहित ४ जनालाई उक्त मुद्दामा सफाई दिएको थियो । तर नेपाल सरकारले मनाङ्गे विरुद्ध पुनरावेदनमा मुद्दा दर्ता गरेको थियो । त्यतिबेला नै पाँच वर्षे सजायँ पाएका मनाङ्गेलाई सर्वोच्चले पुनरावेदनको आदेशलाई सदर गर्दै जेल सजाँयको फैसला गरेको हो । फैसलासँगै सांसद मनाङ्गेको पद स्वतः निलम्बनमा परेको छ ।
गुण्डा नाइके भनेर चिनिएका उनी प्रदेश सांसदमा मनाङबाट निर्वाचित भएपनि सपथ नलिइ निलम्बनमा परेका छन् । फैसलापछि मनाङ्गे थुनामा पर्ने र थुनामा परेको मितिदेखि नै निलम्बित हुनेछन् ।