१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलफास्टको पर्यटकिय क्षेत्रमा खुल्यो नेपाली रेष्टुरेण्ट

नेपालब्रिटेन डट कम्
२ माघ २०७४, मंगलवार १८:४३

धर्मराज अधिकारी !
बेलफास्ट । बेलायतको नर्दन आयरल्याण्डमा नेपालीहरुको बाक्लिंदो बसोबास सगैं व्यवसाय पनि बढ्दै गएको छ । करीब एकसय नेपाली परिवार रहेको नर्दन आयरल्याण्डमा अधिकांशभन्दा बढि नेपालीहरु रेष्टुरेण्ट व्यवसायमा संलग्न छन् ।
हालैमात्र नर्दन आयल्यण्डस्थित बेन्गोरमा करीब दुईसय सिट क्षमतको याक्स नेप्लिज एण्ड इण्डियन रेष्टुरेण्ट सञ्चालनमा आएको छ । नेप्लिज कक्युनीटि इन नर्दन आयरल्याण्डका अध्यक्ष समेत रहेका व्यवसायी लिलाराम निउरे लगायतको लगानीमा सञ्चालित उक्त रेष्टुरेण्ट स्थानिय बरो काउन्सीलका मेयर ग्याभीन वाल्करले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा काउन्सीलर जोन बेरी, अलिस्टर क्याथकार्ट, सदीप म्याक्नी, लगायत स्थानीय सञ्चार माध्यामका प्रतिनिधहरु समेत सहभागि थिए ।
रेष्टुरेण्टको उद्घाटन गर्दे मेयर वाल्करले स्थानिय क्षेत्रमा खुलेका नयां व्यवसायको विकासका लागि काउन्सील सहयोग गर्न तयार रहेको बताए ।
बेलफास्टमा रहेका नेपालीहरुको लगानीमा खुलेको सम्भवत् यो नै धेरै सिट क्षमताको पहिलो रेष्टुरेण्ट हो । स्थानीय क्षेत्रका वासीन्दालाई नेपाली ट्रेडिशनल खानाको स्वाद दिन तथा नेपाली खानालाई आइरीश समुदायमाझ परिचित गराउन रेष्टुरेण्टले सहयोग गर्ने सञ्चालक निउरेको विश्वास छ । हामीले खाना बेच्ने मात्र उदेश्यले रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हैनौं, उनले भने, ‘यसले नेपालको हस्पिटालीटि क्षेत्रलाई विश्वव्यापीकरण गर्न र पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्नेछ’ ।
बेलफास्टको पर्यटकीय क्षेत्रमा खोलिएको याक्स नेप्लिज एण्ड इण्डियन रेष्टुरेण्टमा सभा सम्मेलन तथा चाडपर्वका लागि ब्याङक्वेटिङ्ग हल समेत उपलब्ध छ ।