२६ बैशाख २०८१, बुधबार
Follow Us

घुस माग्ने सुपरभाइजरविरुद्ध आरोपपत्र

नेपालब्रिटेन डट कम्
३ माघ २०७४, बुधबार १३:२६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस माग गर्ने सुपरभाइजर दिनेश थापाविरुद्ध आरोप पत्र दायर गरेको छ । नेपाल विद्युत प्राधिकरण, पाँचखाल, काभ्रेमा कार्यरत सुपरभाइजर थापाले थ्रि फेज लाइन जडान गर्ने प्रयोजनको लागि रु २५ हजार घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । आयोगले आज जरिवाना र कैद सजाय मागदाबी गरी विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।