७ बैशाख २०८१, शुक्रबार
Follow Us

यसअघि उम्मेदवार नबनेकालाई एमालेले अवसर दिने

नेपालब्रिटेन डट कम्
३ माघ २०७४, बुधबार १४:०१

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचन लागि प्रदेशबाट सिफारिस पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले यसअघिका निर्वाचनहरुमा उम्मेदवार हुने अवसर नपाएकालाई प्राथमिकतामा राखेर सिफारिस गर्न निर्देशन दिएको हो ।
बैठकले राष्ट्रियसभा निर्वाचन प्रभावित पार्न सरकार नै लागिपरेको आरोप लगाउँदै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । बैठकले सरकार कामचलाउ भइसकेको अवस्थामा पनि नियुक्ति, सरुवा, दरबन्दी रचना गर्नेलगायतका काम गरिरहेको भन्दै यस्ता गैरकानुनी काम तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।