१३ बैशाख २०८१, बिहीबार
Follow Us

उपचारपछि एमाले अध्यक्ष ओली आज फर्किदै

नेपालब्रिटेन डट कम्
४ माघ २०७४, बिहीबार ०३:४८

काठमाडौं । स्वास्थ्य उपचारका लागि थाइल्यान्डको राजधानी बैंकक गएका नेकपा एमालेका अध्यक्ष केपी ओली आज स्वदेश फर्कदै छन् । नियमित स्वास्थ्य परीक्षणको सिलसिलामा आठ दिन अघि पुस २६ गते उनी बैंकक गएका थिए । उनी मध्यान्ह साढे बाह बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ । विमानस्थलमा ओलीले पत्रकार सम्मेलन समेत गर्दैछन् । बैंककको बुमरुङगार्ड अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणपछि चिकित्सकले ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको प्रतिवेदन दिएका छन् ।