२६ बैशाख २०८१, बुधबार
Follow Us

पराजयको समीक्षा र उम्मेदवार तय गर्न कांग्रेस बैठक

नेपालब्रिटेन डट कम्
४ माघ २०७४, बिहीबार ०३:५०

काठमाडौं । निर्वाचनमा हारको समिक्षा गर्न नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक आज बस्दैछ । निर्वाचनपछि पछि पहिलो पटक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवाले आगामी केन्द्रिय समिति बैठक बोलाएका हुन ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा निर्वाचनको समिक्षा र भावी रणनीतिका विषयमा छलफल हुनेछ । बैठक आज विहान एघार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

वैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयन लगायतका विषयमा पनि छलफल हुनेछ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका पराजयपछि पहिलोपटक कांग्रेस केन्द्रिय समिति बैठक बस्न लागेको हो ।

निर्वाचन पराजयपछि कांग्रेसका केही नेता पार्टी सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवाको राजिनामा माग गर्दै आएका छन भने कतिपयले महासमिति बैठक बोलाउनुपर्ने आवाज उठाउदै आएका छन् ।गगन थापा लगायतका केही युवा नेताले बिशेष महाधिवेशनको समेत माग गर्दै आएका छन् ।