१३ बैशाख २०८१, बिहीबार
Follow Us

महासमिति बैठक बोलाउन सभापति देउवामाथि चर्को दबाब

नेपालब्रिटेन डट कम्
५ माघ २०७४, शुक्रबार ०३:४९

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्यहरुले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीको हारबारे गम्भीर समीक्षा गर्न माग गरेका छन् । चुनावपछि बिहीबार पहिलोपटक बसेको केन्द्रीय कार्य समितिको बैठकमा सदस्यहरुले हारको कारण पहिल्याएर पार्टीलाई सशक्त ढंगबाट अघि बढाउन माग गरेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको एजेण्डा राष्ट्रियसभा चुनाव मात्र भनिए पनि केन्द्रीय सदस्यहरुले समग्र राजनीतिक अवस्था र चुनावी परिणाबारे आफ्नो धारणा राखेका हुन् ।
हिजो बिहीबारको बैठकमा नेता रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, डा रामशरण महत, अर्जुननरसिह केसी, महेश आचार्य, दिलेन्द्र प्रसाद बडु, एन पि साउद दीपक गिरी, धारणा राख्नुभएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ब्यहोर्नुपरेको हारका विषयमा गम्भीर र विस्तृत छलफल गर्न सभापति शेरवहादुर देउवालाई सुझाव दिएका छन् ।
सभापति देउवाले महासमितिको बैठक बोलाउने प्रस्ताव गर्नुभएको छ । बैठक आज पनि जारी रहने कांग्रेसले जनाएको छ ।