१४ बैशाख २०८१, शुक्रबार
Follow Us

डाक्टर केसी औषधी बोकेर रौतहटको गढीमाईमा

नेपालब्रिटेन डट कम्
५ माघ २०७४, शुक्रबार ११:०२

रौतहट । शितलहर प्रभावित रौतहटको गढीमाई नगरपालिकाको विभिन्न स्थानमा डाक्टर गोबिन्द केसीले राहत बाडेका छन । उनले दलित तथा गरिबहरुको निशुल्क उपचार समेत गरी रहेका छन । बिहिवार बिहान अचानक रौतहटको समनपुर पुएका डाक्टर केसीले सुन्दरपुर, हरैया तथा लक्ष्मीपुरका स्थानियका घर घरमै पुगेर विपन्न परिवारलाई न्यानो कपडा, कम्बल तथा खानेकुरा बाडेका हुन ।

शितलहरले बीस जना भन्दा बढीको मृत्यु भएको सुनेपछि राहत बोकेर विपन्न बस्तीमा आएका डाक्टर केसीले बताए । मधेशमा चिसोले दिनहु मान्छे मरिरहदा पनि सरकार लुटतन्त्रमै व्यस्त रहेको आरोप केसीले लगाए । केसीले मुसहर बस्तीमा उनले झण्डै १ सय ५० थान कम्बल पनि बाडेका छन । बिहीबार साँझ डाक्टर केसीले समनपुरको स्वास्थ्य केन्द्रमा बिरामीहरुको निशुल्क चेकजाँच र औषधी उपचार गरेका थिए ।

शुक्रबार भने उनको चिकित्सक टोलीले स्थानीयको स्वास्थ्य परिक्षण गर्नुका साथै निःशुल्क औषधी वितरण गरेको छ । यसअघि बाढीको समयमा पनि डाक्टर केसीले तराईका विभिन्न जिल्लामा पुगेर विरामीको निःशुल्क परिक्षण र उपचार गरेका थिए ।