१५ चैत्र २०८०, बिहीबार
Follow Us

राष्ट्रपतिबाट सातै प्रदेशका प्रमुखले लिए सपथ

नेपालब्रिटेन डट कम्
५ माघ २०७४, शुक्रबार ११:१३

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सातवटै प्रदेशका प्रमुखले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ ग्रहण गराएकी हुन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठको ७ वटा प्रदेशका प्रमुख नियुक्त गरेको थियो ।
‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४’ को दफा १५ मा प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअघि राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेको छ ।
आज सपथ लिएका प्रदेश प्रमुखहरुमा प्रदेश १ बाट गोविन्द सुब्बा, प्रदेश २ बाट रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ बाट अनुराधा कोइराला, प्रदेश ४ बाट बाबुराम कुँवर, प्रदेश ५ बाट उमाकान्त झा, प्रदेश ६ बाट दुर्गाकेशर खनाल र प्रदेश ७ बाट मोहनराज मल्ल रहेका छन् ।