७ बैशाख २०८१, शुक्रबार
Follow Us

माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक

नेपालब्रिटेन डट कम्
५ माघ २०७४, शुक्रबार १२:४९

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको भेटवार्तामा प्रदेश सरकार र राष्ट्रियसभा गठन तथा पार्टी एकताबारे छलफल भएको छ । बालकोटस्थित ओली निवासमा करिब तीन घण्टा भएको दुई अध्यक्षको भेटमा कार्यदलको प्रतिवेदन, प्रदेश सरकारको गठन र राष्ट्रियसभा निर्वाचन विषयमा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

दुई अध्यक्षले राष्ट्रियसभा गठनबारे कार्यदलले दिएको प्रतिवेदनमा छलफल गरेको उहाँले जानकारी दिनुभयो । राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशका मुख्यमन्त्री, सभामुखलगायत विषयमा साझा धारणा बनाएर जानेबारेमा छलफल भएको छ ।

छलफलमा पार्टी एकतालाई टुङ्गो पु-याउन शनिबार दुई अध्यक्षबीच पुनः छलफल गर्दै माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय भएको छ । गत पुस २६ गते बालकोटमा भएको भेटवार्तापछि एमाले अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएर आएपछि दुई नेताबीच आज छलफल भएको हो ।