७ बैशाख २०८१, शुक्रबार
Follow Us

गर्भनर चिरञ्जीवी नेपाल लन्डनमा

नेपालब्रिटेन डट कम्
६ माघ २०७४, शनिबार ०८:५०

लन्डन । नेपाल राष्ट्र बैकका गर्भनर डा चिरञ्जीवी नेपाल लन्डन आई पुग्नुभएको छ । गभर्नरको साथमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आइएमी चन्द्र ढकाल र आइएमीका जनक शर्मा पौडेल सहभागि हुनुहन्छ । नेपाल ग्लोबल आईएमइ बैंकको बेलायत शाखाको उद्घाटन गर्न बेलायत आएका हुन् । उनले आइतवार अल्डरशटमा सो बैंकको कार्यालयको सुरुवात गर्ने छन ।

गभर्नर नेपाललाई एनआरएनए आइसिसी उपाध्यक्ष कुल आचार्य, एनआरएन एनआरएन यूके महासचिव राजकुमार त्रिपाठी, लन्डन दूतावासबाट भूपेन्द्र घिमिरे, एनआरएन यूकेका गंगा राना, विमाल लिम्बु, धुर्म विभागका संयोजक होमनाथ पौडेल, कमल पौडैल, पत्रकार शिव भण्डारीलगायतले स्वागत गरेका थिए । बेलायतमा आइएमी हेर्ने अमित चालीसे पनि एयरपोर्टमा सहयोगका लागि पुगेका थिए ।

गर्भनर नेपालले गैरआवासीय नेपाली संघ यूकेको आयोजनामा हुने नेपालमा सामूहिक लगानीसम्बन्धी एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

कार्यक्रमलाई सफल पार्न गैरआवासीय नेपाली संघ युकेले उपाध्यक्ष शेर सुनारको संयोजकत्वमा एक उपसमिति समेत गठन गरिसकिएको छ । कार्यक्रमको तयारी ब्यापक रुपमा भइरहेको जनाइएको छ ।