१३ बैशाख २०८१, बिहीबार
Follow Us

बजेटमा सहमति नभएपछि सरकारी काममा प्रभाव

नेपालब्रिटेन डट कम्
६ माघ २०७४, शनिबार १२:५०

वासिङटन । अमेरिकाको माथिल्लो सदन सिनेटमा सरकारको खर्चको विधेयक पारित हुन नसक्दा सरकारी काम काजमा प्रभाव परेको बताइएको छ । सो विधेयक पारित भएको भए एक महिनाको लागि सङ्घीय निकायलाई खर्च उपलब्ध हुने व्यवस्था रहेको थियो । यद्यपी निकायका कर्मचारी काममा फर्कने दिन सोमबारसम्म त्यसको व्यवहारिक प्रभाव देखिने जस्तो छैन् ।
ह्वाइट हाउसको संसद र सिनेट दुबै सदनमा रिपब्लिकनको नियन्त्रण रहँदासमेत यस्तो अवस्था देखिएको यो पहिलो पटक हो । यस अघि पछिल्लो पटक सन् २०१३ मा सरकारी निकाय खर्च विहीन भएर १६ दिनसम्म कामकाज रोकिएको थियो ।