७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रदेशसभा ज्येष्ठ सदस्यद्वारा शपथग्रहण

नेपालब्रिटेन डट कम्
७ माघ २०७४, आईतवार ०४:१०

पोखरा । प्रदेश नं ४ का प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले आज पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले उहाँलाई शपथग्रहण गराउनुभएको हो ।
समारोहमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल,पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रदेश कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीलगायतको उपस्थिति रहेको थियो । ज्येष्ठ सदस्य श्रेष्ठले आजै प्रदेश नं ४ का प्रदेश सभा सदस्यहरुलाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।