८ बैशाख २०८१, शनिबार
Follow Us

प्रदेश नम्वर ४ काे उपाध्यक्षमा वाग्लुङका डिल्लीराम सुवेदी विजयी

नेपालब्रिटेन डट कम्
२ भाद्र २०७३, बिहीबार ०८:४५

काठमाडौं। नेविसंघको निर्वाचनमा प्रदेश नम्वर ४ बाट डिल्लीराम सुवेदी विजयी भएका छन्। उनी काँग्रेस नेता गगन थापा निकट मानिन्छन।

नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित भएका डिल्लीराम सुवेदी वि. सं. २०५१ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका थिए। २०५३ सालमा वाग्लुङ जिल्लाको जनता मा. वि. मा नेपाल बिद्यार्थी संघको अध्यक्ष भइसकेका उनी विद्यालय तहमा नै राजनीतिको स्वाद चाखिसकेका थिए। उनले क्याम्पस पढ्ने क्रममा पृथ्वी नारायण क्याम्पस पोखरामा लामो समयसम्म इकाईमा बसेर काम गरेका थिए। त्यस लगत्तै वाग्लुङ पोखरा सम्पर्क समितिमा रहँदै काठमाडौं आउँदा उनी फेरि काठमाडौं शिक्षा क्याम्पसमा पनि राजनीतिक रुपमा सकृय रहे।