१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन नेदरल्याण्डको टोली लण्डनमा

नेपालब्रिटेन डट कम्
७ माघ २०७४, आईतवार ०८:५६

लण्डन । गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष भवन भट्टसहितका केन्द्रीय नेताहरु लण्डनमा जम्मा हुदैंछन् । यसैक्रममा गैरआवासीय नेपाली संघ नेदरल्याण्डको टोली लण्डन उत्रिएको छ । एनआरएन नेदरल्याण्ड अध्यक्ष मनोहरि शर्मा, आइसिसी सदस्य नारायण आचार्य आइतवार विहान लुटन विमानस्थलमा उत्रिएको हो ।

उनीहरुलाई स्वागत गर्न एनआरएन यूकेका महासचिव राजकुमार त्रिपाठी र सदस्य होमनाथ पौडेल लुटन पुगेका थिए । उनीहरु सोमवार एनआरएन यूकेको आयोजनामा अल्डरशटमा हुने लगानी सम्बन्धि एक दिने भेलामा भाग लिन लण्डन आएका हुन् ।