६ बैशाख २०८१, बिहीबार
Follow Us

न्यायिक प्रणालीमा भीडको आक्रमण र जुलुसको निर्देशन चल्दैन : प्रधानन्यायाधीस

नेपालब्रिटेन डट कम्
७ माघ २०७४, आईतवार १४:२१

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले संविधानको मर्म अनुसार चल्ने अदालतको न्यायिक प्रणालीमा भीडको आक्रमण र जुलुसको निर्देशनको कुनै गुन्जायस नरहेको बताएका छन् । आइतवार प्रेस काउन्सिल नेपालको अनलाइन प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश पराजुलीले न्यायिक प्रक्रियाबाट छिनोफानो हुनुपर्ने विषय सडकबाट निर्णय हुने हो भने संविधान बमोजिमका संस्थाहरुको अन्त्य त्यही बिन्दुबाट हुने बताएका हुन ।

न्यायाधीशले कतिपय अवस्थामा अप्रिय आलोचनाहरु सुन्नुपरेको भन्दै उनले आलोचनाले न्यायको नियमित प्रवाहमा असर पुयाउने बताए । पछिल्लो समय अदालतका काम कारवाहीमा प्रेसबाट अनावश्यक हस्तक्षेप हुने गरेको र न्यायाधीशहरुले न्याय सम्पादन गर्नै डराउनुपर्ने परिस्थिति सिर्जना भएको गुनासो पनि प्रधानन्यायाधीस पराजुलीले गरे । उनले प्रेस काउन्सिलबाट प्रेसको नियमन र कारवाही राम्रोसँग हनुपर्नेमा पनि जोड दिए ।