१३ बैशाख २०८१, बिहीबार
Follow Us

बढी घुस्याहा कर्मचारी काठमाण्डौमा

sarusaru
८ माघ २०७४, सोमबार ०३:४५

काठमाडौं,- काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका सरकारी कर्मचारी बढी घुस्याहा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सूचीमा राखिएको छ ।

अहिलेसम्मको अध्ययनअनुसार सबैभन्दा धेरै घुस खाने कर्मचारीहरु काठमाडौं जिल्लामा छन्। काठमाडौं बाहेक प्रदेश नम्बर ५ को व्यापारिक केन्द्र बाँके जिल्लामा घुस्याहा कर्मचारी ज्यादा रहेको अख्तियारले जनाएको छ। उपत्यकाबाट घुससहित रंगेहात धेरै कर्मचारी पक्राउ गरिएको थियो।

आयोगको तथ्याकं अनुसार काठमाडौंबाट १९, ललितपुरबाट ३ र भक्तपुरबाट २ जना गरी उपत्यकाबाट जम्मा २४ जनालाई रंगेहात पक्राउ गरिसकेको छ ।

– जनता पोष्टबाट ।