७ बैशाख २०८१, शुक्रबार
Follow Us

म्याग्दी महोत्सवमा १५ लाखको टिकट बिक्री

sarusaru
८ माघ २०७४, सोमबार ०४:०४

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालन भइरहेको म्याग्दी महोत्सवमा दर्शकको घुईचो लागेको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन पवद्र्धन गरौं’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको पाँचौ दिनसम्म १५ लाखको टिकट विक्री भएको छ ।

करिव ३० हजार दर्शकले अवलोकन गरेको महोत्सवको छैटौ दिन बुधबार समेत जिल्ला भित्रका साथै छिमेकी जिल्ला बागलुङ, पर्वत लगाएतका क्षेत्रबाट महोत्सवको अवलोकन गर्न आउनेको भीड रहेको म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष एवम् टिकट ब्यवस्थापन उपसमितिका संयोजक राजेश शाक्यले बताए । ‘उत्साहजनक उपस्थिती भइरहेको छ । बिहान भलिबल प्रतियोगिता हेर्ने दर्शकले समेत टिकट विक्रीमा सहयोग पुगेको छ’ शाक्यले भने ।

उनका अनुसार महोत्सव अवधिभर ३० लाखको टिकट विक्री गर्ने लक्ष्य रहेको छ । लोकदोहोरीगीत प्रतियोगिता, लाईभ दोहोरी कार्यक्रम, बालउद्यान, चिडियाघर, रमाइलो मेला लगाएतका प्रतियोगिताको अवलोकन गर्न आउने दर्शकहरू अधिकांस ग्रामिण क्षेत्रका हुने गरेका छन् । महोत्सवलाई आर्कषित बनाउन राष्ट्रियस्तरमा लोकप्रिय कलाकारहरूको उपस्थितीले समेत साँझपख खचाखच दर्शकको उपस्थितीले स्टलमा ब्यापार समेत बढेको महासचिव लिलाराम गौतमले बताए । ‘महोत्सव लक्ष्य अनुसार अगाडी बढेको छ । स्था

नीय उत्पादनको विक्री ह्वात्तै बढेको छ’ उनले भने ।माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा महोत्सवस्थलमा १८० ओटा विभिन्न व्यापारिक स्टल रहेका छन् । जिल्लाभित्रका महिला उद्यमीहरुको उत्पादनको प्रदर्शनी र बिक्री वितरणका लागि निःशुल्क रुपमा स्टल उपलब्ध गराइने छ । महोत्सवमा हेलिकप्टरमार्फत विभिन्न पर्यटकीयस्थलको भ्रमणका लागि समेत टिकट बुकिङ भइरहेको छ ।

त्यस्तै छोटो दुरीमा घोडा सफारी, कालिगण्डकीमा जलयात्रा लगाएतका आर्कषणले समेत कारोबार बढेको आयोजकले जनाएको छ ।महोत्सवमा १ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटकहरुलाई म्याग्दी जिल्लामा भित्राउने लक्ष्य राखिएको छ भने करिब ८ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।