१५ बैशाख २०८१, शनिबार
Follow Us

सल्यानको भान्टाखोलामा बस दुर्घटना, ४ को मृत्यु १२ घाइते

नेपालब्रिटेन डट कम्
८ माघ २०७४, सोमबार १०:५६

सल्यान । सल्यानको भान्टाखोलामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १२ जना घाइते छन् । रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको यात्रुबहाक बस सल्यानको त्रिवेणी–६, भान्टाखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा दुई पुरुष र दुई महिला छन् । मृतकमध्ये दुई महिलाको मात्रै सनाखत भएको छ । मृत्यु हुनेमा बाफिकोट नगरपालिका दश कि ६५ बर्षिया छन्सरी बिक र रुकुम पाँच कि ३४ बर्षिय पुष्पा खडका केसी रहेको प्रहरीले जानकारी दिएको छ । बस सडकबाट डेढ सय मिटर तल बस खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते भएका सात जनाको शितलपाटीस्थित स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ भने गम्भिर घाइते भएका पाँच जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

प्रहरी नियन्त्रणमा रहेका बसका चालकले साँघुरो घुम्तिमा बसको पट्टा भाँचिएपछि अनियन्त्रित भएर दुर्घटना भएको जानकारी दिएका छन् । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।