१२ बैशाख २०८१, बुधबार
Follow Us

छोराद्वारा बुबाको हत्या

नेपालब्रिटेन डट कम्
८ माघ २०७४, सोमबार ११:०१

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिरस्थित तेजबहादुर चौधरीले आफ्नै बुबाको हत्या गरेको प्रहरीले जनाएको छ । गएराति सामान्य घरायसी विवादपछि चौधरीले ५२ वर्षीय बाबुराम चौधरीको खुकुरीले घाँटी रेटी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।
हत्यापछि चौधरीले घरकै भान्सा कोठामा झुण्डी आफै आत्महत्या गरेको जस्तो देखाएको प्रहरीले जनाएको छ । हत्या गर्ने तेजबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल राखिएको प्रहरीले जनाएको छ ।