१२ बैशाख २०८१, बुधबार
Follow Us

सडक सुरक्षा अभियानमा एनआरएन

नेपालब्रिटेन डट कम्
८ माघ २०७४, सोमबार १२:२९

काठमाडौ । गैर आवासीय नेपाली संघ (एनआरएन ) ले नेपालको सडक दुर्घटना रोक्न सडक सुरक्षा सुरु गरेको छ । विभिन्न सरकारी निकायहरु तथा संघसस्थासंग मिलेर नेपालमा भइरहेको भयावह सडक दुर्घटना रोक्ने पहलका लागि वृहत अन्तरक्रिर्या कार्यक्रम आयोजना गरेको छ ।

देशमा भरहेका सडक दुर्घटनाले सयौ नेपालीहरुको वर्षेनी ज्यान लिने हुँदा यो कार्यक्रम आयोजना गरिएको एनआरएनले जनाएको छ । विदेशिएकाले पनि अब नेपाल सरकारसँग मिलेर विदेशमा सिकेको सिप र ज्ञान नेपालमा सिकाउदै दुर्घटना न्युनिकरण गर्नको लागि पहल गर्नु अहिलेको आवस्यकता ठानेर कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

यसै विषयलाई लिएर एनआरएनएले आइसिसी रोड सेफ्टी विभागसमेत गठन गरेको छ । समितिमा थर्कप्रेम सेन संयोजक रहनु भएको छ । सेनले केही महिना देखि नेपालको विभन्न शहरमा रोड सेफ्टीको बारेमा स्थानीय निकायहरुसँग मिलेर प्रशिक्षण दिएका छन् ।