१९ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन अध्यक्ष भट्ट लन्डनमा

नेपालब्रिटेन डट कम्
८ माघ २०७४, सोमबार १२:४२

लण्डन । गैरआवासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषदका अध्यक्ष भवन भट्ट लन्डन आइपुगेका छन् । लण्डन आएसँगै उनलाई एनआरएन यूकेले विमानस्थलमा मै भब्य स्वागत गरेको छ अध्यक्ष भट्ट एनआरएन यूकेले अल्डरसटमा आयोजना गर्न लागेको लगानी सम्बन्धी कार्यक्रममा सहभागि हुन लन्डन आएका हुन । यस अघि उपाध्यक्ष पन्त आइतवार साँझ ८ बजे लन्डन आइपुगेका हुन् । उनलाई उपाध्यक्ष कुल आचार्य, एनआरएन यूकेका पदाधिकारीले स्वागत गरेका थिए ।

कार्यक्रममा भाग लिन आयरलेण्डका अध्यक्ष नवराज कोइराला, गणेश प्रसाई एनआरएन नेदरल्याण्ड अध्यक्ष मनोहरि शर्मा, आइसिसी सदस्य नारायण आचार्य किरण अर्याल निसान सापकोटा, युरोप क्षेत्रीय संयोजक शिवकुमार वरुवाल, एनआरएन बेल्जियम अध्यक्ष लोक दाहाल,गोबिन्द सुवदी चिनिया दुलाल यस अघिनै लन्डन आइपुगेका छन् ।

पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछाने सोमवार दिउँसोको नेपालमा लगानीसम्बन्धि कार्यक्रमलाई भिडियो कन्फ्रेन्स मार्फत सम्बोधन गर्ने भएका छन् । उनी गैरआवासीय नेपाली संघ यूकेले सोमवार दिउँसो भेटघाट रेष्टुरेन्टमा आयोजना हुने लगानीसम्बन्धी एक कार्यक्रममा सहभागी हुन लन्डन आउन लागेका हुन् ।

उनीहरुले सोमवार साँझ एनआरएन यूकेको आयोजना हुने स्वागत तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छन् । एनआरएन यूकेले सोमबार दिउंसो अल्डरसटमा राखेको कार्यक्रममा प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपाल रहनेछन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल, बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी कार्यक्रममा सहभागी रहने एनआरएन यूकेका महासचिव आरके त्रिपाठीले जनाए ।