७ बैशाख २०८१, शुक्रबार
Follow Us

१० अर्ब रुपैयाँको पूर्वाधार विकास कोषबारे एनआरएन यूकेमा छलफल

नेपालब्रिटेन डट कम्
८ माघ २०७४, सोमबार १२:५९

लन्डन । गैरआवासीय नेपाली संघले स्थापना गर्न लागेको १० अरब रुपैंयाको ‘गैरआवासीय नेपाली पुर्वाधार विकास कोष’ बारेमा बेलायतको अल्डरसर्टमा एक अन्तर्कृया कार्यक्रम सुरु भएको छ । नेपाल राष्ट्र बैकका गभर्नर डा चिरनजिवी नेपाल, बेलायतका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुबेदी, नेपाल उघोग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य, पूर्वअध्यक्ष जीबा लामिछानेलगायत एनआरएनका अभियन्ताहरुको सहभागिता छन् । कार्यक्रममा पूर्वअध्यक्ष लामिछानेले भिडियो मार्फत सहभागिता जनाउने एनआरएन यूकका महासचिव राजकुमार त्रिपाठीले जानकारी दिए ।
कार्यक्रममा साना ठुला सबै लगानीकर्ताहरु उपस्थित हुने अपेक्षा गरिएको छ । कार्यक्रमा बेल्जियम, निदरल्याण्ड, आयरल्याण्डलगायताका देशबाट संघका पदाधिकारीको उपस्थित रहेको गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष योगकुमार फगामीले बताए ।