१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मिस नेपाल २०१८ का लागि आवेदन खुला

sarusaru
९ माघ २०७४, मंगलवार ०२:३७

काठमाडौँ। मिस नेपाल २०१८ को लागि आवेदन खुला गरिएको छ। आइतबार राजधानीको अन्नपूर्ण होटलमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक द हिडन ट्रेजरले आवेदन खुला गरिएको जानकारी दिएको हो।

आयोजकका अनुसार यस प्रतियोगितामा सहभागि जनाउन चाहने प्रतिस्पर्धीहरुले आगामी १५ फेब्रुअरी २०१८ सम्म आवेदन दर्ता गरिसक्नु पर्ने छ।

द हिडन ट्रेजर मिस नेपाल २०१८ को लागि देशका प्रमुख ८ शहरहरु वीरगंज, विर्तामोड (नयाँ शहर), धनगढी, धरान, चितवन, पोखरा, बुटवल र नेपालगञ्जमा (फेब्रुअरी ४ देखि १०) सम्म सहभागिहरु चयन गरिने छ।

साथै फेब्रुअरी १७ मा काठमाडौँबाट अन्तिम चरणका उम्मेदवारहरु चयन गरिने आयोजकले जनाएको छ। तत्पश्चात चयन भएका २० देखि २५ प्रतियोगिहरुलाई ७ हप्तासम्म प्रशिक्षण दिइनेछ। यस प्रतियोगिताको ग्रान्ड फिनाले भने अप्रिल ११ मा हुने आयोजकले बताएको छ।

प्रतियोगितामा भाग लिन उम्मेदवारहरुको उमेर १९ वर्ष देखि २५ वर्ष हुनुपर्ने, उचाई ५.४ इन्च वा सो भन्दा बढी, विवाह नगरेको, विहे बचनवद्ध नभएको, नेपाली नागरिकता पासपोर्ट हुनुपर्ने मापदण्ड तोकिएको छ। यी सबै मापदण्ड पूरा भएको खण्डमा एनआरएन द्वारा आवेदन दर्ता गर्न सकिने छ।