७ बैशाख २०८१, शुक्रबार
Follow Us

दलहरुले आज उम्मेदवारको टुंगो लगाउने

नेपालब्रिटेन डट कम्
९ माघ २०७४, मंगलवार ०३:५२

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि प्रमुख दलहरुले आज उम्मेदबारहरुको नाम टुंगो लगाउदैछन् । भोली उम्मेदबारी दर्ता गर्नुपर्ने भएकाले दलहरुले आज सात वटै प्रदेशका उम्मेदबारको नामलाई अन्तिम रुप दिन लागेका हुन ।

माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको नेकपा एमालेले पाँच, छ र सात नम्बर प्रदेशमा उम्मेदबारको टुंगो लगाइसकेको छ । एक, दुई, तीन र चारमा आज टुंगो लगाउने बताइएको छ । माओवादी केन्द्रले पनि सबै उम्मेदबारको नाम आज टुग्याउदैछ ।

माओवादी केन्द्रले उम्मेदबार टुग्याउने जिम्मेबारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामवहादुर थापालाई दिएको छ । नेपाली कांग्रेसले सात नम्बर बाहेकका प्रदेशमा उम्मेदबारका नाम टुंगो लगाउन बाँकी छ । आज बस्ने पार्टी शिर्ष नेताहरुको बैठकले उम्मेदबारको नाम तय गर्ने बताइएको छ । राष्ट्रिय सभामा सिटमध्ये २९ सिटमा एमाले र चौध सिटमा माओवादी केन्द्रले उम्मेदबारी दिने गरि दुई दलबीच यसअघि नै सहमति भैसकेको छ ।

सोही अनुसार दुई दलले उम्मेदबार चयन गर्दैछन । उता राष्ट्रिय सभामा तालमेलका विषयमा आज कांग्रेस, राजपा र संघीय समाजवादी फोरमले छलफल गर्दैछन ।

प्रदेश दुईमा राजपा–फोरमले कांग्रेससँग पाँच सिट मागेको छ भने कांग्रेसले चार सिट दिन सकिने बताउदै आएको छ । मधेस केन्द्रित दल र कांग्रेस दुई नम्बरमा सहमति जुटाएर अन्य प्रदेशमा कांग्रेसलाई समर्थन गर्नेे प्रयासमा छन् । राष्ट्रिय सभा निर्वाचन कार्यक्रम अनुसार भोली उमेदबारले मनोनयन दर्ता गराउने छन् । १५ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ । निर्वाचन भने माघ २४ गते हुँदैछ ।