१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रिय सभा चुनावमा राजपा फोरम र कांग्रेसले तालमेल गर्ने

नेपालब्रिटेन डट कम्
९ माघ २०७४, मंगलवार ०४:००

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि काँग्रेस र फोरमसंगको तामलेमका बिषयमा राष्ट्रिय जनता पार्टी आन्तरिक छलफलमा जुटेका छन् । पार्टी कार्यालय बबरमहलमा सोमबार राष्ट्रियसभा निर्वाचनका लागी पाउनुपर्ने सिट तथा काग्रेस र फोरमसंग भएका वार्ताका बिषयमा अध्यक्षमण्डबिच छलफल भएको हो ।

राष्ट्रिय सभा निर्वाचन फोरम राजपाले आफूहरुले स्वतः जित्ने चार सिटका लागि तालमेल आवश्यक नभएकाले पाँच सिटमा मात्र तालमेल गर्न सक्ने अडान राख्दै आएका छन् । राजपा र फोरमले प्रदेश २ को ८ सिट मध्ये ५ सिट दाबी गरेका छन।

कांग्रेससँग तालमेल नगरे पनि राजपा र फोरम गठबन्धनले २ नम्बर प्रदेशमा ४ सिट जित्ने करिब निश्चित छ । दलहरुसंगको छलफल र आन्तरिक छलफलपछि मंगलबार साझसम्म सिट तथा उम्मेद्वारका बिषयमा अन्तिम टुङ्गो लाग्ने महासचिव केशव झाले जानकारी दिए ।

बहुमतीय पद्धतिबाट हुने राष्ट्रिय सभा निर्वाचनमा दुई सिट र एकल संक्रमणीयतर्फको निर्वाचनमा दुई सिट मधेसी गठबन्धनले जित्ने निश्चितजस्तै छ ।