७ बैशाख २०८१, शुक्रबार
Follow Us

ऐतिहासिक कविता कन्सर्टले ततायो कोरिया

sarusaru
१० माघ २०७४, बुधबार ०३:४१

थेजन, कोरिया
कोरियाको चिसो मौसमलाई कविता सुनाएरै चुनौती दिदै थिए थेजनमा २ देशका कविहरू । गत आइतबार अंग्रेजी नयाँवर्षको उपलक्ष्यमा नेपाल कोरिया कल्चर सेन्टरद्वारा आयोजित कविता कन्सर्टमा जब रेशम फिरिरी गीत गायन सँगै कन्सर्ट आरम्भ भयो दुई देशका साहित्य र सङ्गीत पारखीलाई एक आपसमा आत्मियता साट्न कुनै धक लागेन । नेपाल र कोरियाको पारस्परिक साहित्यिक सम्बन्धलाई मजबूत बनाउन ऐतिहासिक महत्त्वको कन्सर्ट सम्पन्न भएको हो ।
नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण हुनुपर्ने आवाज उठिरहेको बेला कोरियामा नेपाली तथा कोरियन कविहरूबीच महत्त्वपूर्ण कविता कन्सर्ट भएको हो । कोरियाको थेजन शहरस्थित सगरमाथा होटलको हलमा आयोजना गरिएको उक्त कविता कन्सर्टमा प्रमुख कोरियाली कवि र कोरियामा रहेका नेपाली कविहरूको बाक्लो सहभागिता रहेको थियो। नेपाली भाषासाहित्य र काव्य संस्कृतिलाई दुई देशबीच साहित्यका विविध आयामबारे चर्चा गर्दै र चर्चित कविहरूका कविता सुन्ने र सुनाउने उक्त कार्यक्रमले कोरियन र नेपाली कविताका वैचारिक सशक्ततालाई उजागरा गरेको कुरा सेन्टरका संस्थापक किम योङ ह्योले जानकारी दिनुभयो ।
साहित्यिक बहस र कन्सर्टले दुई देशबीचको भाषा साहित्यको विकास र विस्तारका साथै अनुवाद साहित्यमा पनि पृथक र अपेक्षित सम्भावना रहेको आयोजक समितिका अध्यक्ष मन्जुको जिकिर रहेको छ । उक्त कविता कन्सर्टमा कोरियाका चर्चित कविहरू किम जुन ते, पाक मङकु, लिक्यु सिक, मुन चाङ गिल किम ह्यङ ह्योलगायत डेढ दर्जन कविहरू सहभागी थिए। त्यसै गरी नेपालको तर्फबाट प्रखर कविहरू गोकुल थोकर ,प्रमोद सारंग, यल्जी विवश, सकुन आँसु, डि आर न्यौपाने, मणि भुषाल, सरोज सर्वहारा, गङ्गा बस्नेत, एकलव्य, मातृका नेम्बाङ गोपीकृष्ण लामिछाने, जनक सन्याल, र शुष्मा रनाहँछालगायत अन्य कविहरुको सहभागिता रहेको थियो । दुई देशका कविताका स्वादलाई अनुवाद कृतिको माध्यमबाट दर्शक दीर्घाहरुले रस्वादन गर्दै सम्प्रेषित भावलाई बुझेर सजिलै सोपान गरेका देखिन्थे ।
दुई देशका मुख्य कविहरूलगायत अन्य स्रष्टाहरू सहभागी रहेको उक्त कविता कन्सर्टको माध्यमबाट नेपाली कवितालाई कोरियन भाषामा अनुवाद गरी कोरियनहरु माझ पुर्‍याएको कोरियन कवितालाई नेपालीमाझ ल्याईएको र दुवै देशका कविहरुबाट वाचन पनि गरिएकोले यो एक ऐतिहासिक कार्यक्रम हुन सकेको सह-आयोजक संस्था अनेसास कोरियाका अध्यक्ष कवि प्रमोद सारंगले बताउनुभयो । सो अवसरमा कोरियन कवयत्री तथा पत्रकार चाङ योङ जङले उक्त ऐतिहासिक काव्यिक अवसरलाई दुवै देशका स्रस्टाहरूले महत्त्वपूर्ण दृष्टिकोणबाट लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कोरियाली कवि किम ह्यङ हो नेपाली कवि प्रमोद सारंग र मन्जु गुरुङद्वारा अनुवादित कोरियन र नेपाली कविका कविता संग्रह समेत सार्वजनिक गरिएको थियो