१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विद्यालयको भवनमा वडा कार्यालय !

sarusaru
१० माघ २०७४, बुधबार ०३:४६

बागलुङ, – वडा कार्यालय सञ्चालनका लागि भवन नहुँदा जिल्लाको जैमिनी नगरपालिका वडा नं ३ को वडा कार्यालय बिद्यालय भवनबाट सञ्चालन हुँदै आएको छ । साविकको दमेक गाविसको उपल्लो भागलाई छुट्टाएर बनाईएको वडामा पुर्वाधार नहुँदा वडा कार्यालय बिद्यालय भवनबाट सञ्चालन गर्नु परेको हो । दमेकको भरतपुरी माध्यामिक बिद्यालयको एउटा कोठामा सामान राखेर वडा कार्यालय सञ्चालन गर्दै आएको वडाध्यक्ष बेदबहादुर थापाले बताए । साविकको दमेक गाविसलाई दुईवटा वडा बनाउँदा पुराना पुर्वाधार सबै वडा नं २ मा परेकाले वडा कार्यालय सञ्चालनको लागि समेत भवनको अभाव रहेको छन्त्यालले बताए । बिद्यालयमा शिक्षकहरुले खाजा खाने कोठा सहयोगमा लिएर वडा कार्यालय सञ्चालन हुँदै आएको छ ।
बिद्यार्थीको चाप रहेको बिद्यालयबाट वडा कार्यालय सञ्चालन गर्दा पानी र शौचालयको समस्या हुने गरेको छन्त्यालले बताए । ‘हामीसँग वडा कार्यालय सञ्चालनका लागि भवन नै छैन्’ छन्त्याल भन्छन्– ‘विद्यालयको एउटा कोठा मागेर बनाएको कार्यालयमा पनि काम गर्न निकै कठिन हुने गरेको छ ।’ सुरुवातमा वडा कार्यलयले बिद्यालयलाई भाडा दिने आसामा बिद्यालय भवनको खाली कोठा उपलव्ध गराएको भएपनि अहिलेसम्म भाडा पाएको छैन् । ‘नगरपालिकाले सार्वजनिक बिद्यालयको भाडा तिर्न नपर्ने भनेर भाडा तिरेको छैन्’ वडाअध्यक्ष छन्त्याल भन्छन्– ‘अहिले बिद्यालयले पनि यहाँबाट वडा कार्यालय अन्तै लैजानु पर्ने भन्न थालेको छ ।’ बिद्यालयले समेत उपलव्ध गराएको कोठा खाली गर्नुपर्ने आशयको अभिब्यक्ति आउन थालेपछि वडाध्यक्ष कार्यालय सार्ने योजनामा पुगेका छन् । बिद्यालयमा वडा कार्यालय सञ्चालन गर्दा बिद्यालयलाई कुनै असर नगर्ने भएपनि बिद्यालयले कोठा खाली गर्नुपर्ने आशय देखाएको उनको भनाई छ । वडा कार्यालय बनाउनका लागि सार्वजनिक भवन तथा जग्गा समेत नभएकाले समस्या थप बढेर गएको छन्त्यालले गुनासो गरे ।
‘भवन निर्माणका लागि हामीसँग जग्गा समेत छैन’ उनी भन्छन् ‘जग्गा खरिद र भवन निर्माणको लागि ठुलो रकम लाग्ने भएकाले यति ठुलो स्रोत हामीसँग छैन् ।’ छन्त्यालले प्रदेश सरकार बनेपछि वडा समितीले जग्गाको वयवस्थापन गर्न सके भवन निर्माणका लागि प्रदेश सभाले सम्बोधन गर्न सक्ने आशा राखेको बताए । सर्वसाधारणको हितको लागि कार्यालय वडाको केन्द्रमा सञ्चालन गर्नुपर्ने बाध्यताका कारण पनि समस्या भएको उनले गुनासो गरे । ‘नेपाने भन्दा अलि पर सामुदायिक भवन खाली छ’ बेदबहादुर भन्छन् ‘खाली सामुदायिक भवनमा वडा कार्यालय लैजाँदा वडाबासीको लागि पायक पर्दैन ।’ वडाबासीको पायक पर्ने ठाउँमा जग्गाको व्यवस्थापन र भवनको निर्माणका लागि आवस्यक पहल गरीदिन सरोकारवालासँग अनुरोध समेत गरेको उनले बताए ।
बिना पुर्वाधार बनाईएको वडा कार्यालय सञ्चालन र जनचाहना अनुसारका काम गर्न निकै सकस भैरहेको उनको भनाई थियो । यता नगरपालिकाको कार्यलयले भने खाली रहेको सरकारी भवन अर्को कुनै सार्वजनिक निकायले प्रयोग गर्दा सरकारी पैसाले भडा तिर्न नमिल्ने प्राब्धान रहेको बताएको छ । कानुनी रुपमा सार्वजनिक भवनको अर्को सार्वजनिक संस्थाले उपयोग गर्दा भाडा तिर्न नमिल्ने प्राबधान रहेको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत बिष्णुप्रसाद सुबेदीले बताए । ‘नयाँ संरचना भएकाले तत्काल जहाँ जे उपलव्ध छ त्यसको प्रयोग गरिएको हो’ सुबेदीले भने ‘निजी भवनमा भाडामा कोठा लिएर भएपनि वडा कार्यालयको समस्या समाधान गछौं ।’ उनले वडा कार्यालयले जग्गा खरिदको लागि यस बर्ष केही बजेटको ब्यबस्था गरेको र बिस्तारै वडा कार्यालय भवनको निर्माण समेत हुने बताए ।
स्रोत; ढोरपाटन दैनिक