१३ बैशाख २०८१, बिहीबार
Follow Us

एउटा आँखा र नाक नभएको अनौठो बच्चाको जन्म

sarusaru
१० माघ २०७४, बुधबार ०३:५०

वीरगञ्जमा एक महिलाले अनौठो बच्चालाई जन्म दिएकी छन् । वीरगन्ज हेल्थ कियरको इमरजेन्सीमा प्रसूूति गराउन भर्ना भएकी रौतहटकी एक महिलाले सोमबार नाक नभएको, आँखा एउटा मात्रै भएको तर राम्रोसँग विकास नभएको अनौठो बच्चा जन्माएकी हुन् । शिशुुको हातखुट्टा र शरीर भने ठिक थियो ।
उनलाई रौतहटबाट रिफर गरेर त्यहाँ लगिएको थियो । ती गर्भवती महिला पाठेघरको मुखमा बच्चाको सालले छोपिएको र रगत बगिरहेको अवस्थामा हेल्थ कियरमा आइपुुगेको उपचारमा संलग्न चिकित्सक डा.रमोला साहले बताइन् । प्रसूति गराउन आएकी ती महिलाको पाठेघरको मुखमा बच्चा नभेटिएर सालमात्रै भेटिएको उनले बताइन् ।
‘हामीकहाँ आइपुुग्दा ती महिलाको धेरै व्रिडिङ भएको थियो । पाठेघरको मुखमा बच्चाको सालमात्रै भेटिएपछि आमाको स्वास्थ्य अवस्था जोखिममा रहेकाले हामीले आमालाई बचाउन तुुरुन्तै अप्रेशन ग¥यौं । अप्रेशन गरेर बच्चा निकाल्दा एउटामात्रै आँखा थियो । राम्रोसँग विकास भएको थिएन । नाक पनि थिएन । ओठमात्रै विकास भएको थियो ।’ प्रसूूतीमा संलग्न डा. साहले भनिन्, ‘ बच्चालाई अप्रेशन गरेर निकाल्दा उसको धड्कन भने चलेको थियो ।स्वास फेरीरहेको थियो । बिस्तारै आवाज निकालेर रोएको पनि थियो । हामीकहाँ यस्तो केश पहिलो पटक भएको हो ।’
अहिले बच्चालाई एनआइसियुुमा राखिएको र आमाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको डा. साहले बताइन् । उनका अनुसार गर्भवती भएको अवस्थामा स्वास्थ्य परीक्षण र पोषिलो खानाको कमीले बच्चाको शारीरिक वृद्धिविकास हुन नसकेको हो । यसलाई मेडिकलको भाषामा साइक्रोपिया भनिन्छ । पोषणको कमीले अपाङ्गता भएको बच्चा जन्मिने गरेपनि यस्तो अवस्थाको शिशु भने कमै मात्रामा जन्मिने गरेका छन् ।३० वर्षीया महिलाले यसअघि ४ बच्चाको जन्म दिइसकेकी छिन् भने ती सबै बच्चा स्वस्थ छन् ।