१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रियसभामा को–को १२ महिला निर्विरोध निर्वाचित भए ?

नेपालब्रिटेन डट कम्
१० माघ २०७४, बुधबार १३:३९

काठमाडौ । राष्ट्रिय सभा निर्वाचनमा १२ महिला निर्विरोध निर्वाचित भएका छन् । महिला कोटामा उम्मेदवारी दिएका कांग्रेस एमाले माओवादी र मधेस केन्द्रीत दलका तर्फबाट उम्मेदवारी दर्ता गर्ने महिलाहरू निर्विरोध भएका हुन । निर्वाचन आयोगले प्रक्रियागत रूपमा निर्विरोध निर्वाचित भएको घोषणा गर्न बाँकी छ । निर्वाचन आयोगले उनीहरु निर्वाचित भएको औपचारिक घोषणा भने १५ माघमा दावी/विरोधपछि मात्रै गर्नेछ।
आयोगका अनुसार १ नम्बर प्रदेशवाट महिला कोटामा एमाले कि नैनकला ओझा, माओवादी कि बिना पोखरेल कांग्रेस कि सरिता प्रसाईं निर्वाचित भएका छन् । दुई नम्बर प्रदेशमा माओवादी कि शशिकला दाहाल, कांग्रेस कि मुक्ताकुमारी यादव र संघीय समाजवादी फोरम कि प्रमिला कुमारीले निर्विरोध जितेका छन । प्रदेश नम्बर ५ मा एमालेवाट कलाकार कोमल ओली निर्विरोध निर्वाचित भएकी छिन । त्यस्तै एमालेकै मिना बुढा र कांग्रेस कि अनिता देवकोटा निर्विरोध भएका छन् । त्यस्तै प्रदेश नम्बर सातमा कांग्रेस कि तारादेवी जोशी, एमाले कि कमला ओली र इन्दु कडेरिया विष्ट निर्विरोध निर्वाचित भएका छन् ।