१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री र प्रहरी नेतृत्ववाट असुरक्षित छु : सिलवाल

नेपालब्रिटेन डट कम्
११ माघ २०७४, बिहीबार ०५:५८

काठमाडौं । प्रहरीको फरार अभियुक्तको सूचीमा रहेका ललितपुर एकका सांसद नवराज सिलवालले आफु प्रहरीको वर्तमान नेतृत्व र प्रधानमन्त्री शेरबहादुर देउवावाट असुरक्षित रहेको बताएका छन् । नेपाल प्रहरीले डिफ्युजन नोटिस जारी गरेपछि बुधबार एक विज्ञप्ती सार्वजनिक गर्दै उनले प्रहरी नेतृत्व र प्रधानमन्त्री प्रतिसोध साँध्ने हिसावले आफ्नो पछि लागिरहेको बताएका हुन ।

प्रतिस्पर्धी आईजीपी प्रकाश अर्याल र प्रम देउवाले छानबिनको योजनाबद्ध र सुनियोजित षड्यन्त्र गरेर फसाउन खोजेकाले निष्पक्ष सिलवालले गरेका छन् । कार्यसम्पादन मूल्याङ्कन कीर्ते प्रकरणमा आफूलाई मात्र दोषी देखाएर सुनियोजितरूपमा भ्रामक प्रचार गराएको उनको गुनासो छ । सिलवालले सर्वोच्च अदालतको आफुले सम्मान गर्ने भन्दै सुरूको फैसला र पछिल्लो फौसलाका क्रममा आफ्ना कागजपत्र सरकारले नै परिवर्तन गरेको बताउँदै ती मानिसमाथि पनि कारबाही गर्न माग गरेका छन् ।