१३ बैशाख २०८१, बिहीबार
Follow Us

आज र भोलि उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी दिन पाइने

नेपालब्रिटेन डट कम्
११ माघ २०७४, बिहीबार ०६:०१

काठमाडौं । राष्टियसभा निर्वाचन अन्र्तगत बुधबार उम्मेदवारी दर्ता गरेका उम्मेदवार उपर दाबी विरोधको उजुरी दर्ता गर्न निर्वाचन आयोगले आज र भोलीको समय दिएको छ ।
निर्वाचन कार्यतालिका अनुसार आज र भोली बिहान १० देखि ५ बजेसम्म उम्मेदवार विरुद्ध दाबी विरोध उजुरी दर्ता गर्न सकिने छ ।

शनिवार उम्मेदवारविरुद्ध दाबी विरोध बारे निर्णय लिने र आइतवार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ । आगामी सोमबार उम्मेदवारको नाम फिर्ताको समय दिइएको छ । सोही दिन आयोगले उम्मेदवारलाई निर्वाचन चिन्ह समेत प्रदान गर्दैछ । माघ २४ गते बिहान १० देखि ३ बजेसम्म राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।

निर्वाचनका लागि ८३ जना उम्मेदवारले बुधबार मनोनयन दर्ता गराएका छन् । २४ गते हुने निर्वाचनबाट सात प्रदेशबाट ५६ जना निर्वाचित हुनेछन् । तीनजना भने मन्त्रीपरिषदको सफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । राष्ट्रिय सभा सदस्य चुनावमा ५ सय ५० जना प्रदेश सभा सदस्य र १५ सय ६ जना गाउँपालिका तथा नगरपालिकाका प्रमुखरउपप्रमुख गरी दुई हजार ५६ मतदाता छन् ।