१५ चैत्र २०८०, बिहीबार
Follow Us

पाठक रासस सञ्चालक समिति सदस्यमा

नेपालब्रिटेन डट कम्
११ माघ २०७४, बिहीबार १२:४२

काठमाडौं । राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक एकराज पाठक रासस सञ्चालक समिति सदस्यमा आगामी चार वर्षका लागि नियुक्त हुनुभएको छ । सूचना तथा सञ्चार मन्त्रिस्तरीय निर्णयबाट आज उहाँ सञ्चालक समिति सदस्यमा नियुक्त हुनुभएको हो । विसं २०५६ फागुन १९ गते राससमा सेवा प्रवेश गर्नुभएका पाठक राससमा अन्तर्राष्ट्रिय समाचार शाखा प्रमुख हुनुहुन्छ । आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर पाठक पत्रकारिता विषयमा प्राध्यापन गर्नुहुन्छ । उहाँका पत्रकारिता र सूचनाको हक सम्बन्धमा पुस्तकहरु प्रकाशित छन् ।