१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौं विश्वविद्यालयको अनलाइन कक्षा फलेबासमा

नेपालब्रिटेन डट कम्
११ माघ २०७४, बिहीबार १३:४१

पर्वत । काठमाडौं विश्वविद्यालयको अनलाइन कक्षा अब फलेवासमा पनि शुरु हुने भएको छ । काठमाडौं विश्वविद्यालयको, स्कुल अफ एजुकेशनले भवानी विद्यापीठ मावि फलेवास खानीगाउँको सहकार्यमा स्नातकोत्तर तहमा अनलाइन एजुकेशन कक्षा सञ्चालन गर्न लागेको हो । घरमा बसेर अनलाइनबाटै अध्ययन गर्न सकिने गरी दुर्गम क्षेत्रमा पनि कक्षा सञ्चालन गर्न लागिएको विश्वविद्यालय स्कुल अफ लका सहायक प्राध्यापक डा धनपति सुवेदीले बताउनुभयो ।
त्रिवर्षीय स्नातक तह अध्ययन सकेका स्थानीय शिक्षकलाई समेत अध्ययन गर्ने अवसर दिन अनलाइन एजुकेशन कक्षा दिइनेछ । विश्वविद्यालयले शिक्षा व्यवस्थापन तथा नेतृत्व विषयमा अनलाइनबाटै अध्यापन गराउनेछ ।