१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पोर्तुगलमा सवारी दुर्घटनामा चितवनकी चेतमाया चेतमाया कुलालको घटनास्थलमै मृत्यु

नेपालब्रिटेन डट कम्
११ माघ २०७४, बिहीबार १९:०६

लिस्बोन, पोर्तुगल । पोर्तुगलको राजधानी लिस्बोन नजिक मन्तेजो पिकोइसमा बिहीबार बिहान करिब ७:४५ बजेतिर सवारी दुर्घटना हुदा एक जना नेपाली युवतीको ज्यान जानुको साथै अन्य ७ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको अस्पताल श्रोतले जनाएको छ ।

दुर्घटनामा परी चितवनकी चेतमाया चेतमाया कुलालको घटनास्थलमै मृत्यु भएको अस्पताल श्रोतले बताएको छ। सो दुर्घटनामा चितवनकै अनिशा विश्वकर्माको अवस्था गम्भीर रहेको छ । सामान्य घाइते हुनेहरुमा आरती श्रेष्ठ राई, उषा बर्तौला, अनिशा बिक, अल्का भेटवाल , तुफेल मोहम्मद आदि रहेका छन्। घाइतेहरुको अहिले स्थानीय सेतुबल अस्पतालमा उपचार भइरहेको जानकारी एन आर एन पोर्तुगलले दिएको छ । एन आर एन ए पोर्तुगलको टिम सहयोग र थप जानकारीको लागि अहिले अस्पताल पुगेको छ।

स्थानीय समयअनुसार बिहान करिब ७:४५ बजेतिर ” क्यापिटल फर वोर्क” नामक नेपाली कम्पनीले आफ्ना कामादारहरुलाइ काममा लैजाने जाने क्रममा आज बिहान सो दु:खद घटना भएको जानकारी घाइतेहरुले भोइस अफ नेपालसंगको कुराकानीमा बताए । गणेश ज्ञवालीद्वारा संचालित “क्यापासिटी फर वोर्क” नामक कामदार एजेन्सी कम्पनिमा कार्यरत तामाङ्ग केही महिनाअघि मात्र पोर्चुगल आएकी बुझिएको छ। उक्त एजेन्सीमा एक भारतीय सहित १२ जना नेपाली महिलाहरु रोजगार छन्।