लन्डन । जनैपूर्णिमा तथा रक्षा बन्धन पर्व हिन्दु धर्मालम्बीले देश तथा विदेशमा धूमधामसाथ मनाएका छन्। यसै बीच विश्व हिन्दू महासंघ यूके च्याप्टरले जनैपूर्णि विशेष कार्यक्रम आयोजना गरेको छ।
विहीवार हिन्दू महासंघ यूकेको सकृयतामा रुद्री तथा जनै फर्ने र रक्षा बन्दन लगाउने कार्यक्रम कार्य सम्पन्न भएको छ । कार्यक्रममा बेलायतस्थित हिन्दु धर्मालम्बीहरुको बिषेश उपस्थितीमा पण्डित गोविन्द नेपाल र पण्डित चिरनजीबी ढकालले जनै मन्त्रणि गरे । अगन्तुक भक्तजनहरुलाई महासंघका महासचिव बालमुकुन्द जोशीले स्वागत गरेका थिए ।
रक्षाबन्धनको दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने जौ, तिल, कुशद्वारा ऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई जनै पूर्णिमा भन्ने गरिन्छ।
हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। पौराणिक कथाअनुसार देवराज इन्द्र र दैत्यराज वृतबीच १२ वर्षसम्म भयंकर युद्ध चलेको थियो। जसमा असुरले विजय प्राप्त गरेका थिए। त्यसपछि इन्›ले मर्नु निको मानी असुरसँग अन्तिम युद्ध गर्ने संकल्प लिए।
अनि देवगुरु वृहस्पतिले इन्›को विजयको कामना गर्दै रक्षाको विधान श्रावण मासको पूर्णिमाको शुभ मूहूर्तमा इन्द्रलाई रक्षाको बन्धन बाँध्दै निम्न मन्त्र जप्नुभयो– ‘येन बद्धो बली राजा दानवेन्द्रो महाबलः, तेन मन्त्रेण बहनामि रक्षे मा चल मा चल।’ तत्पश्चात् इन्दाणीले इन्द्रको दाहिने हातमा रक्षासूत्र बाँध्नुभयो। त्यो पवित्रताको रक्षा सूत्र बाँध्नाले देवराज इन्द्र विजयी बने।