१३ बैशाख २०८१, बिहीबार
Follow Us

पार्टी एकता निष्कर्षमा पु-याउन ओली–दाहाल छलफल

नेपालब्रिटेन डट कम्
१२ माघ २०७४, शुक्रबार १२:०९

भक्तपुर । नयाँ सरकार गठन र पार्टी एकताका विषयमा आजपनि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुँदैछ । भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष ओली निवासमा साँझ हुने छलफलमा कार्यदलस्तरमा भएका सहमतिलाई अन्तिम रुप दिने विषयमा कुराकानी हुने बताइएको छ ।

नयाँ सरकार गठन हुनु अघि नै पार्टी एकताको विषय टुग्याउने तयारी सहित दुई नेताले केही समययता निरन्तर छलफल गर्दै आएका छन् । बैठकमा शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका दुरगामी प्रभाव पार्ने किसिमका नियुक्ति र निर्णय गरेको विषयमा पनि छलफल हुनेछ ।

दुई दलबीच पार्टीको नेतृत्व र पार्टीले अंगिकार गर्ने निति के हुने भन्नेमा कुरा मिल्न बाँकी छ । नयाँ पार्टीको अध्यक्ष र सरकारको नेतृत्व एकै ब्यक्तिले गर्ने कि फरक–फरक ब्यक्तिले भन्नेमा पनि सहमति जुटन सकेको छैन । नयाँ सरकार गठन र सरकारमा अन्य दलको सहभागिताका विषयमा पनि दुई नेताबीच छलफल हुने बुझिएको छ । साथै प्रदेश प्रमुख चयन, प्रदेश सरकारमा सहभागिताका विषयमा पनि कुरा हुने अनुमान गरिएको छ । दुई दलले प्रदेशमा कूल सदस्यको १० प्रतिशत प्रतिनिधित्व रहने गरी मात्रै सरकार बनाउने सहमति गरिसकेका छन् ।