१३ बैशाख २०८१, बिहीबार
Follow Us

रुखको हांगाले लागेर एकको मृत्यु

sarusaru
१३ माघ २०७४, शनिबार ०३:१९

डडेल्धुरा । डडेल्धुरामा रुखको हांगा भाँचिएर टाउकोमा चोट लाग्दा शुक्रबार एकजनाको मृत्यु भएको छ ।

जिल्लाको भागेश्वर गाउँपालिकाका-४ बगरकोटका ५२ वर्षीय केशव खड्काको मृत्यु भएको हो ।

बिहान घर नजिकैको सामुदायिक वनमा सल्लाको दाउरा काट्ने क्रममा रुखको हांगा भाँचिएर खड्काको टाउकोमा चोट लागेको थियो ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी सहायक निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए ।
– अनलाइन खबरबाट ।