१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नारायणगढ–मुग्लिन सडक : अब दिउँसोमा ६ घण्टा बन्द

sarusaru
१३ माघ २०७४, शनिबार ०४:५८

चितवन, १३ माघ– नारायणगढ–मुग्लिन सडकखण्ड शनिबारदेखि दिउँसो ६ घण्टा बन्द हुने भएको छ । सडक निर्माणलाई तीब्रता दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक ६ घण्टा गाडी चलाउन रोक लगाइन लागेको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

गाडी रोकेर राति सडक विस्तारको काम भइरहेकोमा काम गर्न कठिन भएपछि शनिबारदेखि दिउँसो नै गाडी रोकेर काम गर्न लागिएको हो ।

नारायणगढबाट छिर्ने यात्रुबाहक गाडीलाई दासखोला पुल अगाडि, मालबाहक गाडीलाई भतेरी जंगलमा मुग्लिन हुँदै छिर्ने यात्रुबाहक बसलाइ मुग्लिन बजार र बेनीटारमा तथा मालबाहक गाडीलाई लेबारटार आँबुखैरेनीमा रोकिने चितवनका ट्राफिक प्रहरीले जनाएको छ ।

दिउँसो सडकखण्ड बन्द हुने भएकाले यात्रु र चालकलाई बैकल्पिक सडक प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ ।

आउँदो चैतसम्म काम सक्ने आयोजनाले बताए पनि निर्माण कम्पनीले सडक निर्माणको काम पूरा हुन नसक्ने बताउँदै आएको छ ।
– दैनिक अनलाइनबाट ।