१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रहरी इन्काउन्टरमा टिके घाइते

नेपालब्रिटेन डट कम्
१३ माघ २०७४, शनिबार १२:५४

काठमाडौं । एक साताअघि डिल्लीबजार कारागारबाट भागेका कैदी टीकाबहादुर थापा प्रहरी इन्काउन्टरमा घाइते भएका छन् । शनिबार चितवनको रामनगरमा उनी घाइते भएका हुन् । पक्राउ गर्न गएको प्रहरी टोलीलाई गोली हानेपछि जवाफी फायरमा उनको घाइते भएका हुन् । ‘पक्राउ गर्न खोज्दा हामीलाई गोली हाने,’ महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले भने,‘जवाफी फायरिङमा उनी घाइते भएका हुन् ।’
दर्जनौं चोरी तथा डकैतीमा संलग्न भएका उनलाई २ वर्षअघि महाशाखाले नै पक्राउ गरेको थियो । गत माघ ४ गते राती उनी डिल्लिबजारबाट भागेका थिए।