१३ बैशाख २०८१, बिहीबार
Follow Us

एमाले र माओवादीको शक्ति बाँडफाँड आज टुंगो लगाउने

नेपालब्रिटेन डट कम्
१४ माघ २०७४, आईतवार ०९:००

काठमाडौं । बाम गठबन्धनका एमाले र माओवादी मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद र सभामुखको टुंगो लगाउने गृहकार्यमा जुटेका छन् । आजसम्म प्रदेशको शक्ति बाँडफाँड टुंगाउने गरी कार्यदलमा छलफल भएको छ । अस्ती शुक्रवार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले प्रदेशको बाँडफाँड टुंगाउन कार्यदललाई निर्देशन दिएका थिए । त्यसपछि आजसम्म प्रदेशको शक्ति बाँडफाँड टुंगाउने गरी तयारीमा जुटेको छ । ओली र प्रचण्डको निर्देशनपछि हिजो शनिवार पनि कार्यदल थप गृहकार्यमा थियो।

गत बिहीबारको वैठकमा कार्यदलले प्रदेश मन्त्रिपरिषदको आकारका विषयमा सहमति बनेको थियो । माओवादीले दुईवटा प्रदेशमा मुख्य मन्त्री र चारवटामा सभामुख बाँडफाँडको प्रस्ताव गरेको थियो । यसमा एमालेको सहमति रहे वा नरहेको वारे केही आएको छैन् । माओवादीले ६ र ७ प्रदेशमा मुख्यमन्त्रीको दावी गरेको छ । १, ३, ४ र ५ मा एमालेले मुख्य मन्त्री पाउँदा आफुले सभामुख पाउनुपर्ने माओवादी दावी छ । आफुले मुख्य मन्त्री पाएको ठाँउमा एमालेलाई सभामुख दिने माओवादीको प्रस्ताव छ ।

बामगठबन्धनभित्र पनि मुख्यमन्त्रीका आंकाक्षी धेरै छन्, जसले नेताहरुमाथि मुख्यमन्त्री चयनमा समस्या आइपरेको छ । पार्टी एकतालगायतका विषयमा केन्द्रीय शक्ति बाँडफाँडमा भने कार्यदल अझै औपचारिक रुपमा प्रवेश गरेको छैन । २ नम्वर प्रदेशमा भने मधेशवादी दलको सरकार बन्ने सम्भावना बढ्दै गएको छ । त्यसको तयारी भइरहेको बताइएको छ ।