१४ बैशाख २०८१, शुक्रबार
Follow Us

फोरमको नेतृत्वमा प्रदेश सरकार : अध्यक्ष यादव

नेपालब्रिटेन डट कम्
१४ माघ २०७४, आईतवार १४:३७

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नं २ मा फोरमको नेतृत्वमा प्रदेश सरकार गठन हुने बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले यो प्रदेशमा साधनस्रोत शून्य अवस्थामा रहेको, यहाँका मानिस पिछडिएको तथा सिंहदरबारले उपेक्षाभावले हेरेकाले यहाँका जनतामा गरिबी, बेरोजगारीजस्ता समस्या समाधान गर्न सरकारसमक्ष चुनौती रहेको बताउनुभयो ।

अर्को प्रसंगमा अध्यक्ष यादवले संविधानमा धेरै त्रुटि रहेकाले संविधान संशोधन नगरी राष्ट्रिय मुद्दा हल नहुने बताउनुभयो ।

संविधान संशोधनको विषयमा जिम्मेवारीपूर्वक एमालेले भूमिका निर्वाह गरेमा आफूहरुको सहयोग हुने बताउँदै उहाँले वाम गठबन्धनको बहुमत भएकाले हामीलाई सरकारमा किन ल्याउनुप¥यो भनी प्रतिप्रश्न गर्नुभयो । तर उहाँले सरकारले सहयोग चाहेको भए सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।